सुकुना माविको तीन तला माथिबाट खसेर छात्रा गम्भीर घाइते

हाम्रो समाचारदाता , ३१९  पटक हेरिएको

सुन्दरहरैँचा , २५ साउन  । सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयको तीन तलामाथिबाट खसेर (बुधबार) बिहान एक जना छात्रा गम्भीर घाइते भएकी छन् ।

घाइते हुनेमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया युनिका चौधरी रहेकी छन् । सप्तरीको बोदेवरसाइन गाउँपालिका–३ घर भएकी उनी सुन्दरहरैँचा–१२ का भोला खतिवडाको घरमा डेरा बस्थिन् ।

घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक रहेको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । विद्यालयले भने युनिका आफैँले हामफालेको जानकारी प्रहरीलाई दिएको छ ।

प्रकाशित मिति: २०२२-०८-१० , समय : १४:२०:०३ , २ वर्ष अगाडि