प्रशान्त निराैला , १०८७ पटक हेरिएको
मोेरङ, २१ साउन ।मोरङ पथरी शनिश्चरे नगरपालिका १ तरकारी बजार नजिकै बाट ब्राउन सुगर सहित एक युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका २६ बर्षीय अक्षय माझी रहेका छन् ।
हिजो बेलुका साँढे ७ बजे प्रहरीको गस्ती टोलीले माझीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम ४ मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका माझीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०८-०६ , समय : १२:५४:४५ , ३ वर्ष अगाडि