गोलि प्रहार पछि जापानका पुर्व प्रधानमन्त्रीको निधन

enepalpatra , ५०२  पटक हेरिएको

काठमान्डौ २४ असार ।  जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको  निधन भएको छ ।

चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।

गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि  बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् ।
onlinekhabar

प्रकाशित मिति: २०२२-०७-०८ , समय : १५:०५:१८ , २ वर्ष अगाडि