लेटाङ लाईन्स द्वारा बृक्षारोपण

प्रशान्त निराैला , ७१  पटक हेरिएको

बृक्षारोपण गर्ने तयारीमा लाईन्स पदाधिकारी

लेटाङ १७ असार । लेटाङ लायन्स क्लबको आयोजनामा शुक्रबार लेटाङ ५ स्थित जनसेवा युवा क्लब खेल मैदान परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

सब डिभिजन कार्यालय लेटाङले बिरुवा दिएको र प्राविधिक सहयोग त्रिवेणी सामुदायिक वन, लेटाङ ५,६ ले गरेको लाईन्स क्लब लेटाङका अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स, लियो तथा जनसेवा युवा क्लबबाट सहभागीहरु उपस्थित भएका थिए ।

प्रकाशित मिति: २०२२-०७-०१ , समय : २१:१४:२७ , १ महिना अगाडि