स्थानीय तहले सहयोग गरे चाँडै धनी पूर्जा वितरण

enepalpatra , १११५  पटक हेरिएको

कार्यक्रममा बोल्दै अध्यक्ष केशव निरौला

मोरङ, १५ असार । राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले वडा र स्थानीय तहबाट भूमिहीनको समस्या उठान हुने बताउनु भएको छ । उहाँले धनी पुर्जा प्राप्त गर्ने प्रक्रिया स्थानीय तहबाट सुरु हुने भएकोले नव निर्वाचित जनप्रतिनिधिहरू सँग अन्तत्र्रिmया गर्नु परेको उल्लेख गर्नुभयो ।
आयोगको मोरङ जिल्ला समितिले मङ्गलबार बेलबारीमा स्थानीय तहका प्रमुख/अध्यक्ष,उप प्रमुख /उपाध्यक्ष र वडाध्यक्षहरू सँग अन्तत्र्रिmया गर्न आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्ष निरौलाले सरकारले नीति तथा कार्यक्रममा ५ लाख भूमिहीनलाई धनीपुर्जा गर्ने कार्यक्रम ल्याएको चर्चा गर्दै अब आफ्नो वडामा कतिलाई धनी पूर्जा वितरण गर्न सकिन्छ त्यो काम वडा तहबाट वडाध्यक्षहरूले थाल्नु पर्ने बताउनु भयो । नगर/गाउँपालिकाका अरु थुप्रै काम भएकोले भूमिहीनलाई धनी पुर्जा वितरण गर्ने काम कम प्राथमिकतामा परेको बताउँदै अध्यक्ष निरौलाले स्थानीय तह जति बढी सक्रिय हुन्छ । उति नै चाँडो भूमिहीनहरू जग्गा धनीपूर्जा पाउने उल्लेख गर्नुभयो ।
जग्गा धनी हुने संवैधानिक अधिकार भित्र परेको बताउँदै उहाँले भन्नुभयो–आयोगको कार्यक्षेत्र भित्रका जग्गा वितरण प्रक्रिया झन्झटिलो छैन् । तर, स्थानीय तहको सहकार्य बिना कुनै काम पनि अघि बढाउन सकिन्न । उहाँले आयोग र पालिका बीच सहकार्य आवश्यकतामा जोड दिनुभयो । आयोगका प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीले जनप्रतिनिधिहरूसँग विषय बस्तुका बारेमा सहजीकरण गर्दै स्थानीय तहले जग्गाको वर्गीकरण नगरे सम्म काम अघि बढाउन नसकिने उल्लेख गर्नुभयो । नापी अधिकृत रेग्मीले शहरी क्षेत्रमा कृषिका लागि जमीन दिने ब्यवस्था नभएकोले शहरमा आवासका लागि १३० वर्गफिट भन्दा बढी दिन नसकिने ब्यवस्था रहेको जानकारी गराउनु भयो । जग्गाको वर्गीकरण गर्ने अधिकार स्थानीय सरकारलाई दिइएकोले स्थानीय तहले तोकेको स्थानमा मात्र आयोगले काम गर्ने उहाँको भनई थियो ।
आयोगका मोरङ अध्यक्ष सुशीला घिमिरेको अध्यक्षतामा भएको ‘विगतका आयोगले गरेका अधुरा काम सम्पादन तथा हाल सम्मको कार्य प्रगति तथा आगामी कार्य योजना निर्माण सम्बन्धी जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम’मा मोरङका रतुवामाई, उर्लाबारी,पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचा नगरपालिका र कानेपोखरी र बुढीगङ्गा गाउँपालिकाका प्रमुख/अध्यक्ष,उप प्रमुख /उपाध्यक्ष र वडाध्यक्षहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-२९ , समय : १८:११:२४ , २ वर्ष अगाडि