बर्षातका कारण आउने प्रकोप सङ सजक हुन नेता राईको ध्यानकर्षण

प्रशान्त निराैला , ५२८  पटक हेरिएको

लेटाङ, १४ असार । बर्षातका कारण आउने प्रकोपले जनधनको क्षती हुन सक्ने भन्दै सचेतना अपनाउन मोरङ क्षेत्र नं. १ का जनतालाई नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. १ का क्षेत्रीय सभापती शंकर राईले आग्रह गर्नुभएको हो ।

सभापति राईले केराबारी ,लेटाङ र मिक्लाजुङका भागहरुमा पहिरो र बाढिको जोखिम धेरै रहेको र उर्लाबारी क्षेत्र डुबान र खोला कटानको समस्या रहेको भन्दै सचेत भएर बस्न आग्रह गर्नुभएको हो । राईले स्थानिय तह , प्रदेश सरकार र केन्द्रीय सरकारलाई ध्यानकर्षण समेत गराउनुभएको छ । जनता संग प्रत्यक्ष जोडिने सरकार स्थानीय सरकार भएकोले स्थानिय तहले विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो । अहिले निरन्तर बर्षा भइरहेको र अझै बर्षातको समय भएकाले विशेष रुपमा सजग हुनपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: २०२२-०६-२८ , समय : १९:४८:१५ , २ वर्ष अगाडि