नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक

rss , ३२४  पटक हेरिएको

रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मंसीर २०४० मा विवाह भएको थियो। सुवेग र सुवान गरी उनका दुई छोरा छन्।

लामो समयसम्म शिक्षण पेशामा आवद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो। त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उनी उपचाररत थिइन्।

उनको नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा उपचारकै क्रममा निधन भएको हो।

प्रकाशित मिति: २०२२-०६-२२ , समय : १९:२४:५२ , ३ वर्ष अगाडि