जहदा रक्सी हाटबजारको विकृति कसले रोक्ने ?

ब्रम्हदेब यादब , ३२८  पटक हेरिएको

● ब्रह्मदेव यादव

विराटनगर ८ असार । जहदा गाउँपालिकामा लाग्ने साप्ताहिक हाट बजारको मासु र रक्सी पसलको कारण युवा पुस्तामा विकृति फैलिरहेको छ ।

निर्मूल पार्न स्थानीय स्तरबाट आवाज उठ्न थालेको छ । तर यसलाई व्यवस्थापन गर्ने पक्षमा जनप्रतिनिधि बेखबर छ। जहदा गाउँपालिका मोरङको दक्षिणी सीमान्त क्षेत्र हो यहाँ सन्थाल लगायत आदिवासीको बाक्लो संख्यामा बसोबास छ । गाउँपालिकाको वडा नं. २ मा मंगलबार र शुक्रबार अर्धसाप्ताहिक हाट बजार लाग्ने गरेको छ ।

गाउँपालिका भवन भएकै स्थानमा हाटबजार लाग्छ । त्यसको केहीपर खोला किनारमा मासु पसलसहित रक्सीको बेग्लै हाटबजार लाग्छ जहाँ सन्थाल लगायत आदिवासीहरू समूहगत रूपमा भेला भएर मासु रक्सी सेवन गर्ने गरेका छन् । जहदामा बसोबास गरिरहेका ८० प्रतिशतभन्दा बढी सन्थाल आदिवासी बिहान बेलुकाको गुजारा चलाउन विराटनगरमा मजदूरीको काम गर्न आउने गरेका छन् ।

गाउँपालिकामा ५० प्रतिशतभन्दा बढी सन्थाल सुकुम्बासी छन् ।

उनीहरू खोलानाला र सडक किनारको ऐलानी जग्गामा घर टहरा बनाएर जीवनयापन गरिरहेका छन् । हप्ताको ७ दिन मजदूरीको काम गर्ने र २ दिन अर्द्ध साप्ताहिक हाटबजारमा कमाएको पैसा मासु र रक्सीमा खर्च गर्ने गरेका छन् । जहदा २ का युवा व्यवसायी विनोद साह भन्छन्, ‘अर्ध साप्ताहिक हाट बजार अन्तर्गत मासुसहितको रक्सी बजारमा पछिल्लो समय विकृति विसंगति देखिएको छ। सन्थाल जातीसँगै अन्य समूदायका स्थानीय युवापनि विकृति विसंगतिमा संलग्न भइरहेका छन् ।’

जुन स्थानीयवासीको टाउको दुखाइको विषय बनेको छ । मासु रक्सीसहित गाँजा समेत युवा पुस्ताले खान थालेपछि हाटबजारमा होहल्ला तथा मारपीट हुन थालेको छ । प्रक्रिया हो ।

हाटबजारलाई विस्थापित गर्न गाउँपालिका अध्यक्ष जीतेन्द्र साहले पहलकदमी लिनु पर्ने साहको भनाइ छ। जहदामात्रै होइन, मोरङ सुनसरीको थारू जाती बसोबास आधारक्षेत्रमा लाग्ने साप्ताहिक हाट बजारमा सुंगुरको मासुदेखि घरेलु मदिरा बिक्री हुने गरेका छन् । रक्सी मासुकै कारण विधाका विघा जग्गा भएका जमिन्दार यतिखेर सुकुम्बासी बनेका छन् ।

घरमा हात्ती पाल्नेदेखि सवारी साधन राख्ने जमिन्दारहरू रक्सी मासुकै कारण यतिखेर मजदूरी जीवन • विताउन बाध्य छन् । वर्षभरी मासु रक्सी खाने जमिन्दारले एकैपटक जग्गा नै बिक्री गरेर मासुको पैसा तिरीरहेका छन् । कतिपयले रक्सी पसलमा एक दुई वर्ष खाएको रक्सीको बद्लामा एक दुई कट्ठा जग्गा नै दिने निरन्तर चलिरहने

प्रकाशित मिति: २०२२-०६-२२ , समय : ०६:२९:५३ , २ वर्ष अगाडि