enepalpatra , २४३ पटक हेरिएको

बिराटनगर, २ असार । नेपाली काङ्ग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईलाई मातृशोक परेको छ । उनकी आमा गुम्माकुमारी राईको ७९ वर्षको उमेरमा उपचारका क्रममामा बुधबार साँझ काठमाडौँमा निधन भएको हो। उनी क्यान्सरसँग संघर्ष गरिरहेकी थिइन् ।
लामो समय हरिसिद्धी अस्पतालमा उपचाररत उनलाई केहीदिन अघि बिपी स्मृति क्यान्सर अस्पतालमा भर्ना गरिएको थियोे । उनको सोही अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गुम्माकुमारीको शव अहिले स्थायी घर खोटाङको दिप्रुङ चुइचुम्मा लगिँदै गरेको जनाइएको छ।
प्रकाशित मिति: २०२२-०६-१६ , समय : १४:२२:४४ , ३ वर्ष अगाडि