खानेपानी परियोजना हस्तान्तरण

Enepal Patra Pvt. Ltd. , ३५३  पटक हेरिएको

रतुवामाई, ९ फागुन । अन्तर्राष्ट्रिय सहयोगी सस्था हेल्पिङ ह्याण्ड फर रिलाइफ एण्ड डेभलपमेन्टुले मोरङको रतुवामाइ नगरपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको शुद्ध खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण गरिएको छ।

आइतवार एक कार्यक्रमका बिच प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले रिवन काटेर उद्घाटन गरेसङै सस्थाले विद्यालयलाइ परियोजना हस्तान्तरण गरेको हो । विद्यार्थीलाई शुद्ध खानेपानीको व्यबस्थापन गर्नका लागि प्लाण्ट स्थापना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती समेत रहनुभएका मन्त्री कार्कीले शुद्ध खानेपानीले विद्यार्थीको स्वास्थ्य स्वस्थ रहने उल्लेख गर्दै स्वस्थ तरिकाले नवीन ज्ञान लिन सहयोग गर्ने बताउनुभयो। मन्त्री कार्कीले आधुनिक समाज सङ्सङ्गै सिकाइको माध्यमलाई पनि आधुनिक ढंगले चल्नुपर्नेमा जोड दिनुभयो। उहाले परीक्षामा पास गर्नकै लाई पढ्ने र पढाउने बानी त्याग्नुपर्ने बताउनुभयो। नैतिक शिक्षामा जोड दिन शिक्षकहरुलाइ उहाको निर्देशन छ।

मन्त्री कार्कीले विद्यार्थीलाई पढ्ने वातावरणको सृजना गर्नका लागि खेलकुदका सामग्री, बाल उत्थान लागाएतका संरचना निमार्ण गर्नुपर्ने बताउनुभयो। त्यस्का लागि प्रदेश सरकारले आवस्यक सहयोग गर्ने उहाको भनाइ छ।

कार्यक्रममा रतुवामाइ नगरपालिका मेयर रविन राइले अन्तर्राष्ट्रिय सस्थाले प्लान्ट निर्माण गरेकोमा धन्यवाद व्यक्त गर्दै नगरका सार्वजनिक स्थानहरुमा यस्तै प्लान्ट स्थापना गर्ने योजना रहेको बताउनुभयो।

परियोजनाका निर्देसक इलियास हसन चौधरीले विश्व भरी नै यस्ता परियोजना संचालनमा रहेको बताउनुभयो। सो प्लान्ट अनुमानित ६ लाखको लागतमा तयार भएको सस्थाले बताएको छ। परियोजनाको नेपालमा संयोजन वर्क फर नेपालले गरेको थियो।

प्रकाशित मिति: २०२२-०२-२१ , समय : ११:२८:०९ , ४ वर्ष अगाडि