जेष्ठ नागरिकलाई सहयोग

Enepal Patra Pvt. Ltd. , ६४७  पटक हेरिएको

लेटाङ, १६ बैशाख । लेटाङ नगरपालिका वडा नं. ५ मा लेटाङ नगरपालिकाको कार्यालयको ३ लाख र ५ नं. वडा कार्यालयको ५० हजारको लागतमा बनेको जेष्ठ नागरिक भवनको छाना छाउनका समेत लेटाङ नगरपालिकाले जस्तापाता सहयोग गरेको छ ।

लेटाङ नगरपालिका प्रमुख शंकर राईद्धारा बुधबार ५० पाता जस्ता हस्तान्तरण गर्नुभएको हो । जेष्ठ नागरिकहरु अभिभावक भएकाले उहाँको लागि नगरपालिका सदैव सहयोगी हुने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले वताउनुभयो ।उहाँले जेष्ठ नागरिकहरुका लागि आफुले नगरको नेतृत्व गरेदेखिनै धेरै सहयोगी भएर काम गरिरहको स्मरण गराउदै भावि दिनमा समेत धेरै काम गर्ने बताउनुभयो ।

प्रकाशित मिति: २०२१-०४-२९ , समय : १६:१५:५० , ५ वर्ष अगाडि