Enepal Patra Pvt. Ltd. , ४४७ पटक हेरिएको

उर्लाबारी , १७ फाल्गुन । ईलाका प्रहरी कार्यालय रंगेलीले बिगत एक महिनाको अवधिमा हराएका विभिन्न कम्पनीका १६ थान मोवाईल फेला पारेको छ । फेला परेका ती मोबाइल आईतबार धनीलाई बुझाएको छ । बिगत एक महिना अगाडि देखि हराएका मोबाइलहरु सम्बन्धित व्यक्तिहरुले आफ्नो मोबाइलमा रहेको आइएमई नम्बर रंगेली प्रहरीलाई जिम्मा लगाएको थियो । प्रहरीले हराएका ति मोबाइलहरु खेजतालस गर्न थालेपछि धमाधम फेला परेका थिए ।रंगेली प्रहरीले हराएका मोवाईलको लागि भिन्दै डेक्सको स्थापना गरि हराएका मोवाईलहरु खोज तलास गर्न थालेको प्रहरीले जनाएको छ । ५ महिना अगाडिदेखि मोबाइल मेघराज अधिकारी ले आफ्नो मोबाइल खोजिदिएकोमा प्रहरीलाई धन्यवाद दिए । अधिकारी ले भने भेटिएला भन्ने आस नै थिएन् तर प्रहरीको सक्रियतामा भेटियो । प्रहरीले मो। इस्लाम मिया,मो।नईम मिया, गोपाल मुर्मु,रंजित मण्डल, अजय कुमार साह,रामदेव मण्डल,पुनम राजवंशी ,मेघराज अधिकारी,जसुलाल गंगाई, विश्व कुमार राजवंशी, प्रकास कुमार मण्डल,मनिस हेम्ब्रम,कविता राजबंशी,बिजेता प्रधान र सुमन हेम्ब्रम लाई हराएको मोवाईल फिर्ता समेत गरेको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।
प्रकाशित मिति: २०२१-०३-०१ , समय : १५:५९:२४ , ४ वर्ष अगाडि