Enepal Patra Pvt. Ltd. , २५१७ पटक हेरिएको

कानेपोखरी(मोरङ),५ माघ ।एक नाति २ छोरा र २ बुहारीलाई छोडी श्रीमानले पठाएको ५ लाख नगद र ५ तोला सुन बोकेर आफु भन्दा ११ वर्ष कान्छो केटोसँग श्रीमती टाप कसेपछि मोरङको कानेपोखरी ७ का भोलामान तामाङ बिचल्लीमा पर्नु भएको छ ।बैदेशिक रोजगारमा मलेसिया रहनु भएका तामाङ माघ ३ गते शनिबार घर फर्कनु भएको हो ।
घर आउँदा ४२ वर्षीया श्रीमती विष्णुमाया मात्रै होइन,सुन र नगद पनि घरमा नभएपछि तामाङका हात गोडा गले ।जिउँ खत्र्याक खुत्रुक्क् भयो ।परिवारलाई सुख सयलले पालौला,शिक्षा दिक्षा दिओैला ,भन्ने सपना बोकेर बिदेशिनु भएका भोलामान घर आएर पनि आनन्दले बस्न पाउनु भएको छैन ।उहाँ यतिबेला न्याय खोज्दै कहिले प्रहरीको त कहिले सञ्चारकर्मीसँग पुगिरहनु भएको छ । दुख गरेर कमाएको पैसाले तामाङले इटहरीमा घडेरी पनि जोड्नु भएको थियो ।तर, त्यो जग्गा पनि श्रीमती कै नाममा थियोे । भोलामानले भन्नुभयो ( आफु बिदेशमा थिएँ । नाति नातिनाकी हजुरआमा भइसकेकी विष्णुमाया ४२ बर्षको उमेरमा पोइल हिड्ली भन्ने कल्पना पनि गरेको थिइन । तर, जे सोचेको थिएन ।त्यही भयो ।
विष्णुमायाले गत मङ्सिर ८ गते नै घर छोडेकी थिइन् । घर छोडेपनि श्रीमानसँग पुस अन्तिम सम्म पनि दोहोरो सम्बादमा थिइन , विष्णुमाया । श्रीमानसँग बारम्बारको सम्बादमा घरमा छोरा बुहारीको किचलोले घर छोडेको जवाफ दिएपछि भोलामान आफु घर आएपछि श्रीमती फर्कनेमा ढुक्क हुनुहुन्थ्यो ।
माघ ३ गते नेपाल झरेपछि भोलामान र विष्णुमाया बीच सम्बाद भएको छैन । भोलामानले भन्नुभयो ( पहिले देखि नै शंका लागेको थियोे ।तर,नदेखेको चोर बाबु समान भन्छन् ।प्रमाण बिनै कसरी कुरा गर्नु रु ।
भोलामानकी श्रीमती रन्जन पाख्रिन भन्ने फूलकुमार तामाङसँग हिडेको स्थानीयहरूले बताएका छन् । संखुवासभाको मादी ९ फाविङका फूलकुमार पनि बिबाहित हुन् । फूलकुमारकी श्रीमती बैदेशिक रोजगारका क्रममा हाल दुबईमा हुनुहुन्छ ।जुम्ल्याहा छोरा र एक छोरीका बाबु फूलकुमार बिष्णुमाया भन्दा ११ वर्ष कान्छा छन् ।
श्रीमती त हिडी तर दुख गरेर कमाएको सम्पत्ति कसरी फर्काउने भन्ने चिन्तामा हुनुहुन्छ ,भोलामान ।उहाँले भन्नुभयो ( फूलकुमार र विष्णुमायालाई खोज्न मिडियाको सहयोग चाहियो ।
प्रकाशित मिति: २०२१-०१-१८ , समय : ११:२५:०९ , ४ वर्ष अगाडि