Enepal Patra Pvt. Ltd. , ९१९ पटक हेरिएको

हरि काेइराला ,लेटाङ १० पुस । लेटाङ नगरपालिकाका प्रमुख शङ्कर राईले झण्डै ५ सय विपन्न परिवारलाई विपन्नसँग मेयर कार्यक्रमले प्रत्यक्ष रुपमा जोड्ने बताउनु भएको छ । शुक्रबार विपन्नसँग मेयर कार्यक्रमको औपचारिक रुपमा सुरु गर्दै मेयर राई सो कुरा बताउनु भएको हो । कार्यक्रमको सुरु भएसँगै वडा नं. ४ का ४० विपन्न परिवारलाई नगर प्रमुख राईले कम्बल वितरण गनुभयो ।
नगर परिसरमा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख शङ्कर राईले नगरमा जनप्रतिनिधि आएको अनुभुति हुने गरी काम गरिहेको बताउनु भयो । उहाँले नगरका मेयर उप मेयर मालिक नभएको बताउनु भयो । हामी सकेसम्म नगरवासीको दुख र पीडामा सहयोग गर्न चाहान्छौ । उहाँ चालु वर्षको नीति तथा कार्यक्रम मै विपन्नसँग मेयर कार्यक्रम राखिएको र त्यसका लागि १५ लाख रुपियाँ विनियोजन भएको बताउनु भयो । नगरले एक्लै केही गर्न सक्दैन, त्यसैले स्थानीय सामूदायिक वनको सहकार्यमा अति विपन्न परिवारलाई सुत्ने खाट ,न्यानो लुगा र सुत्केरी आमालाई पोषणयुक्त खानाको समेत ब्यवस्थागर्ने नगर प्रमुख राईको भनाई थियो । उहाँले सधै विपन्न भएर नगरले दिनु मात्र पनि राम्रो नहुने बताउँदै अब नगरपालिकाले विपन्नलाई सीप प्रदान गरेर आफै कमाएर खान सक्ने बनाउने बताउनु भयो । हामीले माछा दिने भन्दा पनि माछा मारेर खान बल्छी दिने अभियानको सुरु गरेका छौं । त्यसको परिणाम पनि आएको उहाँको भनाई छ ।
हरेक दिन जसो उपचारका लागि सहयोग माग्न आउनेका सङ्ख्या बढीरहेको बताउँदै उहाँले अति विपन्न परिवारलाई वडा कार्यालयको सिफारिसमा स्वास्थ्य बीमाका लागि सहयोग गर्ने समेत उल्लेख गर्नुभयो । नगरको मुख्य बजार क्षेत्रमा दैनिक ज्यालादारी गरेर कमाएको पैसाले दुई छाक खान मात्र पु¥याउने परिवारलाई नगरले विपन्नसँग मेयर कार्यक्रम मार्फत सेवा प्रदान गरेको हो । नगरले यसै वर्ष देखि १२ वर्ष भन्दा अघि देखि श्रीमान बेपत्ता भएर पनि एकल महिलाको पहिचान बनाउन नसकेका आमाहरूलाई स्वरोजगार बनाउने कार्यक्रम सुरु गरेको छ । ति आमाहरूको माग र गर्न सक्ने कामको मूल्याङ्कन गरी उनीहरूलाई स्वरोजगार बनाइने नगर प्रमुख शङ्कर राईले बताउनुभयो ।
नगरपालिका परिसरमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले नगरको सिमित स्रोत र साधन भए पनि नगरवासीसँग गहिरो सम्बन्ध राखिरहेको बताउनु भयो । ४ नं. वडाका वडाध्यक्ष सन्तोष कार्कीको सभापतित्वमा भएको कार्यक्रमलाई नगरका लेखा अधिकृत शुसील बास्तोलाले सञ्चालन गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२०-१२-२५ , समय : १८:२३:१० , ५ वर्ष अगाडि