ओखलढुङ्गा अस्पतालकाे गाडि तीन देखि रंगेलिमा रोकियो

Enepal Patra Pvt. Ltd. , ९७५  पटक हेरिएको

रबिन्द्र बराल
रंगेली १२ साउन। सिद्धीचरण नगरपालिका बडा नम्बर ४ मा रहेको जिल्ला अस्पताल अाेखलढुङ्गा रुम्जाटार का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्ताेष देव ले सरकारी गाडिकाे दुरुपयोग गरेको पाईएकाे छ । रंगेली नगरपालिका बडा नम्बर ७ स्थित आफ्नो घरमा शनिबार देखि उक्त गाडी पार्किङ गरेर राखेको पाईएकाे छ । उक्त गाडीकाे पछाडि पट्टी काे भागमा फाेटाेकापी पेपरमा श्री जिल्ला अस्पताल ओखलढुङा अनटेेेस्ट प्रदेश नम्बर १-०४-००१-झ नम्बर लेखिएको सरकारी गाडि फेला परेको छ । सरकारी प्रयाेजनका लागि सरकारले अस्पताल का लागि दिएकाे उक्त गाडि मेडिकल सुपरिटेन्डेन्ट काेे रजाइँ भएको छ । सरकारी गाडिकाे किन दुरुपयोग भनेर जिज्ञासा राख्दा टेलिफोन मार्फत उनले भने अस्पताल काे विशेष काम का लागि बिराटनगर अाएकाे उनलेे बताए ।

प्रकाशित मिति: २०२०-०७-२७ , समय : १९:२३:४६ , ५ वर्ष अगाडि