धानवालीको प्रकोप ब्यवस्थापन सम्बन्धी तालिम

Enepal Patra Pvt. Ltd. , ८६४  पटक हेरिएको

लेटाङ, २४ जेठ । धान बालीकाे प्रकाेप ब्यवस्थापन विषयमा तालिमको आयोजना गरेको छ । प्रतिनिधीमुलक रुपमा प्रत्येक वडाबाट ३ जनाको उपस्थितिमा लेटाङका ९ वटै वडाका किषानहरुलाई तालिम प्रदान गरिएको हाे ।
 
लेटाङ नगरपालिका कृषी शाखाकाे आयोजनामा भएको तालिमलाई प्रशिक्षण गर्नको लागि क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका बाली विज्ञ प्राविधिक बिनोद निरौला र लेटाङ नगरपालिकाका कृषि शाखा प्रमुख करण श्रेष्ठ, ना.प्रा.स. मन्जु तामाङले गर्नु भएको थियो ।
 
कोरोना भाईरसका कारण गर्नुपरेको लकडाउनलाई पालना गर्नका लागि सामाजिक दुरी कायम गर्दै तालिम सञ्चालन गरिएको थियो । तालिममा माक्स तथा सेनिटाईजरको समेत प्रयोग गरिएको थियो ।
कोरोना भाईसरको कारण खाद्य संकट पर्न सक्ने कुरालाई मध्यनजर गर्दै सतर्कताका साथ लेटाङका कृषकहरुलाई कृषी कार्य गर्नका लागि भनिएको छ ।
 
अमेरिकन फौजी किराको प्रकोपले मकैवालीमा ठुलो असर गरेपछि अव लगाउने धानवालीमा समेत असर गर्ने सम्भावना भएपछी उक्त प्रकोपबाट वच्नका लागि तालिम आयोजना गरिएको लेटाङ नगरपालिकाका कृषी शाखाका प्रमुख करण श्रेष्ठले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: २०२०-०६-०६ , समय : ०६:४१:०९ , ६ वर्ष अगाडि