मोरङ रतुवामाईका थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

Enepal Patra Pvt. Ltd. , ७७६  पटक हेरिएको

काठमाडौं, ९ जेठ ।  नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मोरोङको रतुवामाई – २ का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ताले मोरोङका उनीसहित २० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।

ब्रिफिङका क्रममा सुरुमा उनले थप १९ जनामा संक्रमण देखिएको जानकारी दिएका थिए। तर सोही क्रममा थप १ जनामा संक्रमण देखिएपछि उनले मोरङमा थप १ जनामा संक्रमण देखिएको र कुल संक्रमितको संख्या ५०७ पुगेको जानकारी दिए।

नेपालमा आज शुक्रबार बिहान ३० र दिउसो २० गरी ५० जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति: २०२०-०५-२२ , समय : १६:५७:४७ , ६ वर्ष अगाडि