लकडाउन १५ दिन अझै थपियो, जेठ २० सम्म हुने

Enepal Patra Pvt. Ltd. , ८२४  पटक हेरिएको

काठमाडौं ४ बैशाख । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनलाई जेठ २० गतेसम्म थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले २० गतेसम्म लकडाउनलाई बढाएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेका उच्च स्तरीय सन्वयन समितिको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले वर्तमान अवस्थामा बन्दाबन्दी नै प्रभावकारी माध्यम भएकाले जेठ २० गतेसम्म लकडाउन बढाउनुपर्ने निष्कर्षसहित सरकारलाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति: २०२०-०५-१७ , समय : २१:०८:१५ , ६ वर्ष अगाडि