Enepal Patra Pvt. Ltd. , ७५६ पटक हेरिएको
जनकपुरधाम, १५ फागुन । नेकपा मालेका महासचिव सिपी मैनाली चढेको गाडी बर्दिबासस्थित रातो पुलमा बिहीबार दिउँसो दुर्घटनाग्रस्त हुँदा उनी घाइते भएका छन्।
उनी चढेको गाडी अर्को गाडीसँग ठोक्किँदा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
मैनाली चढेको बा४च २१२० नम्बरको गाडी र विपरीत दिशाबाट आइरहेको ना४ख ७६६८ नम्बरको भ्यान ठोक्किएका थिए।
उनको टाउको र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: २०२०-०२-२७ , समय : १६:४१:०८ , ६ वर्ष अगाडि