नेपालले ओमानलाई दियो किर्तिमानी लक्ष्य

Enepal Patra Pvt. Ltd. , ४५७  पटक हेरिएको

काठमाडौं,२६ माघ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध नेपालले २५० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरकै खेलेर ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा आठ विकेट गुमाउँदै २४९ रनको विशाल योगफल तयार पारेको हो ।

नेपालले अहिलेसम्म खेलेका खेलहरुमध्ये एकदिवशीय खेलमा प्रस्तुत गरेको सबैभन्दा ठूलो योगफल हो । नेपालले अघिल्लो वर्ष युएईविरुद्धको खेलमा नेपालले २४२ रनको योगफल तयार पारेको थियो, जुन स्कोर नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै ठूलो योगफल हो ।
नेपालले यो खेलबाट आफ्नो व्याटिङलाइनमा समेत सुधार गरेको छ । आजको खेलमा दिपेन्द्र सिंह ऐरीबाहेक सबै ब्याट्सम्यानले दोहोरो अंकको रन जोडेका छन् ।

सुबास खकुरेल र ज्ञानेन्द्र मल्लले नेपालको ओपनिङ गरेका थिए । पहिलो विकेटका लागि यी दुई खेलाडीले ४८ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । त्योनै नेपालले विशाल योगफल बनाउने आधार बनेको थियो । १५औं ओभरको पहिलो बलमा सुबास २२ रन बनाएर मोहमद नदिमको बलमा एलबीडब्ल्यू धरापमा परे । दोस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र र पूर्वकप्तान पारस खड्काले ५९ रनको साझेदारी गर्दै नेपालको स्कोर १०७ रन पु¥याए । पारस खड्काले ३४ बलमा ६ चौका र एक छक्का निक्कै उत्साहित बनेर क्रिजमा गएका दिपेन्द्र सिंह ऐरीले खाता नै नखोली पवेलियन फर्किए ।

कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक ५६ रनको पारी खेलेर नेपालको सम्मानजनक १२८ रनको योगफल जोडे । उनले ७६ बलमा छ चौका र एक छक्का प्रहार गरेर अर्धशतक पुरा गरे । अमेरिकासँगको डेब्यू खेलमै उत्कृष्ट प्रर्दशन गर्दै अर्धशतक बनाएका कुशल मल्लले २८ रनको योगदान दिए । आजको खेलमा उनले दुई चौका र दुई छक्का प्रहार गरेका थिए । आरिफ शेखले ब्यक्तिगत २८ रन बनाएर आउट भए ।

विनोद भण्डारी ३५ रन बनाएर रनआउट भए । उनले ४७ बलमा पाँच चौका प्रहार गरेका थिए । त्यसपछि कमलसिंह ऐरीे नौ तथा र सन्दिप लामिछानेले १० रनको योगदान दिएर नेपाललाई बलियो स्थितीमा पु¥याएका थिए ।
बलिङतर्फ अकिब इलियासले चार विकेट लिए भने मोहम्मद नदिमले तीन विकेट हात पारे ।

प्रकाशित मिति: २०२०-०२-०९ , समय : १३:३७:४६ , ४ वर्ष अगाडि