अनेरास्ववियु विराटनगरको कार्यवाहक अध्यक्षमा क्रिस्टिना बस्नेत

ईनेपालपत्र संबाददाता , ४  पटक हेरिएको

विराटनगर २८ कार्तिक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) विराटनगर महानगर कमिटीको कार्यवाहक अध्यक्षको जिम्मेवारी क्रिस्टिना बस्नेतलाई दिइएको छ ।
महानगर कमिटीका अध्यक्ष विवेक बस्नेत वैदेशिक यात्राका सिलसिलामा देशबाहिर जाने भएपछि संगठनको दैनिक तथा सांगठनिक गतिविधि सञ्चालन गर्न क्रिस्टिनालाई उक्त जिम्मेवारी तोकिएको हो । अध्यक्ष बस्नेतद्वारा जारी पत्रअनुसार कात्तिक २६ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।
संगठनको विधि, विधान र मर्यादाभित्र रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने विश्वाससहित उक्त दायित्व सुम्पिएको पत्रमा उल्लेख छ । जिम्मेवारी प्रदान गरिएको पत्रको बोधार्थ नेकपा (एमाले) मोरङ जिल्ला कमिटीका अध्यक्ष, जिल्ला कमिटीका विद्यार्थी फाँट इन्चार्ज, अनेरास्ववियु कोशी प्रदेश कमिटी संयोजक तथा अनेरास्ववियु मोरङ इन्चार्जलाई समेत पठाइएको छ ।

प्रकाशित मिति: २०२६-११-१४ , समय : ११:३८:५८ , २७ मिनेटutes अगाडि