जेसीज तालिम सप्ताह अन्तर्गत आज एकैदिन दुई तालिम, ` स्टार्ट अप माइन्ड सेट ` र `ए आइ फर न्युज रुम ` सम्पन्न!

Niroj Dhakal , २७  पटक हेरिएको

 

जेसीज तालिम सप्ताह अन्तर्गत आज एकैदिन दुई तालिम सम्पन्न गरिएको छ। जसमा पहिलो तालिम ` स्टार्ट अप माइन्ड सेट `रहेको थियो जसका प्रमुख अतिथि विराट नर्सिङ्ग होम का सी ओ डा निकिता कार्की र प्रशिक्षक द्वय जेसी आइ टट जेसी मनोज तिवारी र जेसी अभिषेक गौतम रहेका थिए ।

जेसीज भवन सभा हलमा आयोजित उक्त कार्यक्रममा सहभागी का रुपमा हिमालय दर्शन,इडेनबर्ग ,ग्रीनल्यान्ड ,अर्किड स्कुलमा अध्ययनरत कक्षा ११ ,१२ का विद्यार्थीहरु रहेको तालिम संयाेजक जेसी पवन काफ्लेले जानकारी दिएका छन्।

त्यसैगरी पत्रकार महासंघ मोरङ्गको सभा हलमा आयोजित दोस्रो तालिम `ए आइ फर न्युज रुम ` का प्रशिक्षक का रुपमा इन्जिनियर अनुराग श्रेष्ठ रहेका थिए र सहभागीका रुपमा विराटनगरका पत्रकारहरुको उल्लेखनीय रूपमा उपस्थिती रहेको थियो । जसका प्रमुख अतिथिका रुपमा जेसी आइ सिनेटर फूल कुमार लालवानीको उपस्थिति रहेको थियो।

दुवै कार्यक्रमलाई सफल पार्नका लागि विराटनगर जेसीजका पूर्व अध्यक्ष, जेसीज बोर्ड,जुनियर जेसीज सदस्यहरू लगायतको उपस्थितीमा कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको विराटनगर जेसीजका अध्यक्ष जेसी कविराज दहालले बताएको जानकारी विराटनगर जेसीज की जनसम्पर्क अधिकारी जेसी आकृति रानी फुयलले जानकारी दिएकी छिन्।

प्रकाशित मिति: २०२६-०९-२३ , समय : २०:४९:४५ , २ घन्टा अगाडि