एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले के भने ? (पूर्णपाठ)

ईनेपालपत्र संबाददाता , ६  पटक हेरिएको

एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदन

काठमाडाैं, ५ असाेज । एमाले अध्यक्ष केपी ओलीले नेतृत्व नछाड्ने बताएका छन् । साेमबार केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले  निर्वाचन परिणामले पार्टीलाई चोट पुर्‍याएको स्वीकार गर्दै त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए ।

निर्वाचन परिणामको चोट संख्यामा मात्र नभई गाउँ–गाउँका कार्यकर्ताको मनमा र जनतासँग पार्टीको सम्बन्धबारे उठेका प्रश्नमा समेत रहेको बताए । उनले युवाले पार्टीबारे धारणा बनाइसकेको अवस्थामा आफ्नो गौरवपूर्ण इतिहास, योगदान र उपलब्धि ओझेलमा परेको पीडा पनि रहेको बताए ।

‘तर चोटले दुईवटा बाटो देखाउँछ– एउटा, दुःख मानेर चुप लाग्ने वा भाग्ने; अर्को, दुःखलाई शक्ति, ऊर्जा र सक्रियतामा बदल्ने । हामी दोस्रो बाटो रोज्छौँ,’ ओलीले भने ।

पार्टी अध्यक्षका हैसियतले निर्वाचन परिणामप्रतिको आफ्नो नैतिक जिम्मेवारी स्वीकार गर्दै ओलीले पार्टीले विभिन्न पक्षबाट भएको आक्रमणको प्रभावकारी प्रतिकार गर्न नसकेको बताए ।

‘जनताको मनमा हाम्रो कुरा किन पुग्न सकेन ? हामीले गरेका काम जनताको स्मृतिमा किन टिकाउन सकेनौँ ? शासनमा रहँदा जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भएको अनुभूति पर्याप्त रूपमा किन दिन सकेनौँ ? युवाको बेचैनीलाई हामीले सुनेका छौँ भन्ने विश्वास किन दिलाउन सकेनौँ ? संगठनका कतिपय तह किन सुस्त भए ? डिजिटल युगमा हाम्रो आवाज किन कमजोर भयो ?’ उनले प्रश्न गरे ।

यी प्रश्नबाट पार्टी भाग्न नहुने ओलीको भनाइ थियो । उनले जिम्मेवारी स्वीकार गर्नु र मैदान छाड्नु एउटै कुरा नभएको बताए ।

‘बिरामी देखेर चिकित्सकले अस्पताल छोड्दैन । बालीमा रोग देखेर किसानले खेत छोड्दैन । त्यसरी नै सङ्कटको बेला नेतृत्वले संगठनलाई अनिश्चिततामा छोड्नु हुँदैन,’ ओलीले भने ।

प्रकाशित मिति: २०२६-०९-२१ , समय : १७:५२:५१ , २ घन्टा अगाडि