कैलालीमा ब्राउन सुगरसहित पाँच जना पक्राउ

Enepal Patra Pvt. Ltd. , ४  पटक हेरिएको

धनगढी, ५ असोज । कैलालीका विभिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार धनगढी उपमहानगरपालिका र जानकी गाउँपालिकाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले जानकी गाउँपालिका-८ भोक्सीमा शङ्कास्पद अवस्थामा फेला पारेका जोशीपुर गाउँपालिका-३ का ४८ वर्षीय प्रमेश्वर डगौरा थारूलाई १ ग्राम ८८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका-७ भानुचोकबाट ४६० मिलिग्राम ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनगढी-१ बसन्त टोलका २१ वर्षीय असिम चौधरीसहित चार जना रहेका छन्।

पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-२१ , समय : ०९:३८:३० , २ घन्टा अगाडि