चीनले पहिलो पटक बिकास गरयो धानको क्लोन, किसान र कृषिका लागि लाभदायक

Enepal Patra Pvt. Ltd. , ९  पटक हेरिएको

बेइजिङ, ११ साउन । चिनियाँ वैज्ञानिकहरूले कृषि क्षेत्रमा यस्तो महत्त्वपूर्ण सफलता हासिल गरेका छन्, जसले विश्वव्यापी खाद्य सुरक्षा र खेतीपातीका अभ्यासहरूमा आमूल परिवर्तन ल्याउन सक्छ।

 

चाइना नेशनल राइस रिसर्च इन्स्टिच्युटका वाङ केजियानको नेतृत्वमा रहेको टोलीले हाइब्रिड धानको क्लोनिङ गर्न सफलता प्राप्त गरेको छ। यस प्रविधिले गर्दा किसानहरूले अब हरेक वर्ष महँगो हाइब्रिड बीउ किन्नुपर्ने छैन, जसले उनीहरूको बीउ खरिदको लागत ९९ प्रतिशतसम्म घटाउन सक्ने सम्भावना छ।

 

भेटा नामक जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार चिनियाँ वैज्ञानिकहरूले ‘हुएक्सु’ नामक धानको एउटा विशिष्ट जीन पत्ता लगाएका हुन् । यो जीनले निषेचन प्रक्रिया बिना नै धानको अण्ड कोषमा प्रजनन अर्थात पार्थिनोजेनेसिस गराउन सक्छ। अनुसन्धानले देखाए अनुसार यसरी उत्पादन गरिएका बीउहरू आनुवंशिक रूपमा ‘माउ बोट’ सँग ठ्याक्कै उस्तै हुन्छन् र विभिन्न परिस्थितिहरूमा तिनको क्लोनिङ दक्षता ९९ प्रतिशत भन्दा बढी रहेको पाइएको छ ।

जसअनुसार लागतमा उल्लेख्य बचत हुने भएको छ किनकी सामान्यतया हाइब्रिड बीउको पुनः प्रयोग गर्दा गुणस्तरमा ह्रास आउँथ्यो तर क्लोनिङ प्रविधिले किसानहरूलाई अर्को वर्षको बालीका लागि उही बालीबाट प्राप्त बीउ प्रयोग गर्न सक्षम बनाउनेछ। यसले बीउ सम्बन्धी खर्चलाई लगभग शून्यमा झार्नेछ।
र, उत्पादनमा स्थिरता हुने भएकाले हाइब्रिड धानका उत्कृष्ट गुणहरू र उच्च उत्पादन क्षमता पुस्ता दर पुस्ता कायम रहनेछन्।

 

साथै, भोकमरी विरुद्ध लड्नका लागि यसले मद्दत गर्ने विज्ञहरूको विश्वास छ किनपनि भने यस प्रविधिले विश्वव्यापी धान उत्पादनलाई दोब्बर बनाउन सक्छ, जसले गर्दा विश्वभर खाद्य सुरक्षा सुनिश्चित हुनेछ।

 

तर, स्वास्थ्य र माटोमा पर्न सक्ने सम्भावित प्रतिकूल असरहरूका बारेमा पनि सँगसँगै बहस सुरू भएको छ । यो प्रविधि क्रान्तिकारी देखिए तापनि यसका खतरनाक पक्षहरू पनि प्रकाशमा आएका छन् । यसले रोग बढाउने डर पनि सँगसँगै देखाएको छ। यो क्लोन गरिएको धानको उपभोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने र विभिन्न रोगहरू निम्त्याउन सक्नेबारे चिन्ता व्यक्त गरिएको छ भने जैविक विविधताको ह्रास आउने भएको यो ‘सुपर राइस’ अर्थात अत्यधिक उत्पादनशील धानको व्यापक प्रयोगले स्थानीय तथा परम्परागत रैथाने जातहरूलाई लोप गराउन सक्छ, जसले प्राकृतिक सन्तुलनमा खलल पुर्‍याउन सक्छ।

साथै बाली नष्ट हुने जोखिम पनि उत्तिकै रहेको छ । यी बीउहरू आनुवंशिक रूपमा एकै किसिमका हुने भएकाले कुनै नयाँ रोग वा कीराको प्रकोपले एकैपटक सम्पूर्ण बाली नष्ट गर्न सक्ने चेतावनी पनि दिइएको छ ।
 

प्रकाशित मिति: २०२६-०७-२७ , समय : ११:०६:३८ , ३ घन्टा अगाडि