कलाकार सागर लम्साल पक्राउ, बलात्कार आरोपमा अनुसन्धान सुरु

प्रशान्त निराैला , १२  पटक हेरिएको

काठमाडौँ, २१ चैत । हास्य कलाकार सागर लम्साल (बले) लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार अमेरिकामा बस्दै आएकी एक युवतीले लम्सालमाथि बलात्कारको आरोप लगाएकी छन्। ती युवतीले करिब एक वर्षअघि अमेरिकामै घटना भएको दाबी गरेकी छन्। आरोप सार्वजनिक भएसँगै लम्सालमाथि अनुसन्धान गर्न चौतर्फी दबाब बढ्दै गएको थियो।
पीडित भनिएकी युवतीले आफूले लामो समयदेखि चिन्ने र विश्वास गरेको व्यक्तिबाट यस्तो घटना भएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत गुनासो राखेकी थिइन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रकाशित मिति: २०२६-०४-०४ , समय : ०९:२१:२६ , ३ घन्टा अगाडि