कोशी प्रदेशभर प्रहरीलाई ‘हाइ अलर्ट’ मा बस्न निर्देशन

निरोज ढकाल , १६  पटक हेरिएको

कोशी प्रदेशमा हावाहुरी र चट्याङका कारण जनजीवन प्रभावित भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विनोद घिमिरेका अनुसार सोलुखुम्बुमा चट्याङ लागेर केही बाख्राहरू मरेका छन्।

 

डीआईजी घिमिरेले हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको जानकारी दिए। ूअहिलेसम्म मानवीय क्षति त केही भएको छैन, तर सोलुखुम्बुमा चट्याङले केही बाख्राहरू मरेको रिपोर्ट आएको छ, उनले भने।

 

 

हावाहुरी र खराब मौसमको जोखिमलाई मध्यनजर गर्दै प्रदेशभरका सबै प्रहरी युनिटहरूलाई तयारी अवस्थामा (स्ट्यान्डबाइ) राखिएको उनले बताए। सम्भावित विपद् र जोखिमबाट बच्न सुरक्षा सतर्कता अपनाउन प्रहरीले सबैमा आग्रह गरेको छ।

 

डीआईजी शर्माले आम सर्वसाधारणलाई पनि सचेत रहन र हावाहुरीको समयमा सुरक्षित स्थानमा बस्न सन्देश प्रवाह गरिदिन आग्रह गरेका छन्। प्रदेशका विभिन्न क्षेत्रमा हावाहुरीको प्रभाव कायमै रहेकाले प्रहरीले विशेष निगरानी बढाइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०२६-०३-२१ , समय : १३:०७:४९ , ३ घन्टा अगाडि