प्रशान्त निराैला , १९ पटक हेरिएको
लेटाङ, २ चैत २०८२। नेपाल आयल निगम ले पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेलको मूल्य १० रुपैयाँले बढाएको छ।
नयाँ मूल्यवृद्धिसँगै सार्वजनिक तथा निजी सवारी भाडा बढ्ने सम्भावना देखिएको छ ।
ढुवानी खर्च बढ्दा दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य पनि उकालो लाग्न सक्ने चिन्ता गरिएको छ ।
निर्माण सामग्री, उद्योग तथा कृषि क्षेत्रमा समेत लागत वृद्धि हुने व्यवसायीहरू बताउँछन् ।
विशेष गरी डिजेल महँगिँदा ट्रक, बस र कृषि उपकरण सञ्चालनमा प्रत्यक्ष असर पर्नेछ।
विपन्न तथा मध्यमवर्गीय परिवारको मासिक खर्च बढ्ने भन्दै उपभोक्ताहरू चिन्तित बनेका छन् ।
प्रकाशित मिति: २०२६-०३-१६ , समय : १०:१८:४४ , ३ घन्टा अगाडि