कानेपोखरी–५ मकरटोलका साने बराईलीलाई राहत, चेतना मेडिसिन सेन्टरका सञ्चालक प्रकाश धिमालको सहयोग

Dipesh Rokka , ११  पटक हेरिएको

दिपेश रोक्का / कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–५ मकरटोल निवासी साने बराईलीको दयनीय अवस्था देखेपछि चेतना मेडिसिन सेन्टरका सञ्चालक प्रकाश धिमालले राहत सामग्री वितरण गरेका छन्।

आर्थिक रूपमा कमजोर अवस्थामा रहेका बराईलीको परिवारलाई दैनिक जीवन चलाउन कठिन भएको जानकारी पाएपछि धिमालले मानवीय सहयोग स्वरूप खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराएका हुन्। स्थानीय बासिन्दाका अनुसार बराईली परिवार लामो समयदेखि समस्यामा पर्दै आएको बताइएको छ।

धिमालले मानवीय भावनाका साथ दुःखमा परेका व्यक्तिलाई सकेसम्म सहयोग गर्ने उद्देश्यले राहत वितरण गरिएको बताए। उनले आगामी दिनमा पनि आवश्यक परे थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२६-०३-१३ , समय : १३:५५:१५ , ३ घन्टा अगाडि