ईनेपालपत्र , २०८ पटक हेरिएको
लेटाङ, ७ मंसिर । संसेवन साकोसले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। “समाजसेवाको भावनाबाट प्रेरित हुँदै स्थापनाको औचित्यलाई जनसमक्ष प्रस्तुत गर्ने हाम्रो प्रयास हो,” संस्थाका अध्यक्ष सौराज राईले जानकारी गराउनुभयो।
लेटाङको जनसेवा सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा यही मंसिर ८ गते शनिवार,शनिवार बिहान १० बजेदेखि सुरु हुने यस कार्यक्रमकाे अवशरमा संस्थामा नयाँ प्रवेस गर्न चहानेहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। यस कदमले समुदायलाई सेवा गर्न र मानवताको महत्वपूर्ण पाठ सिकाउन थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
संस्थाले १९ वर्षको यात्रामा सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य र वित्तीय सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। रक्तदान कार्यक्रमजस्तो अभियानले जीवन बचाउन मात्र होइन, परोपकारको भावना जागृत गर्न पनि मद्दत गर्ने अध्यक्ष राईको विश्वास छ।
स्थापना दिवसको उत्सवलाई रक्तदानजस्तो पुनीत कार्यसँग जोडेर संसेवन साकोसले समाजमा सेवा र समर्पणको सन्देश पुर्याएको छ। यस किसिमका कार्यक्रमले युवादेखि वृद्धसम्मलाई समाजप्रति उत्तरदायी बन्न अभिप्रेरित गर्न सक्छ।
यो कार्यक्रम, केवल रक्तदानको सीमामा सिमित नभई, मानवताको उज्ज्वल भविष्य निर्माण गर्ने मार्गचित्र प्रस्तुत गर्ने प्रेरणाको स्रोत बन्नेछ। “रगतदान जीवनदान हो” भन्ने भावना बोकेर सम्पूर्ण समुदायलाई सहभागी हुन आह्वान गरिएको छ।
प्रकाशित मिति: २०२४-११-२२ , समय : १४:२२:२७ , १ वर्ष अगाडि