इनेपालपत्र , २१८ पटक हेरिएको

विराटनगर, ११ कार्तिक । विष्णु शर्मा गैरसरकारी संस्था महासंघ नेपाल, मोरङ जिल्लाको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी छन्।
आइतबार सम्पन्न २०औं साधारण सभा तथा १०औं जिल्ला अधिवेशनले शर्मालाई अध्यक्ष पदमा चयन गरेको हो। यसअघि ९औं जिल्ला अधिवेशनबाट उपाध्यक्ष बनेकी शर्मा, अब अध्यक्षको जिम्मेवारीमा पुनः नेतृत्व गर्न लागेकी छन्। उनी एबीसी नेपालको कोशी प्रदेश अध्यक्ष समेत रहिसकेकी छन्।
यस अधिवेशनले सरिता खनाललाई उपाध्यक्ष, नवराज निरौलालाई सचिव, बागमती कट्टेललाई सहसचिव, र प्रतिक्षा बस्नेतलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ। अन्य कार्यसमिति सदस्यहरूमा केशब मिश्र, कल्याणी खड्गी, बनेशलाल राजवंशी, भारती पोखरेल, सुवण लावती, माया ओझा, इन्द्रकला भट्टराई, गणेशप्रसाद निरौला, अर्जुन बास्तोला, मनोजकुमार विश्वास, प्रकाश परियार, र निसार अहमद रहेका छन्।
कार्यक्रमको प्रमुख आतिथ्य केन्द्रिय अध्यक्ष राम सुवेदीले गरेका थिए।
प्रकाशित मिति: २०२४-१०-२८ , समय : ०७:०७:३९ , ९ महिना अगाडि