नेवि संघ लेटाङमा दाहाल

प्रशान्त निराैला , १९५  पटक हेरिएको

लेटाङ, २१ मंसिर । नेबि संघ लेटाङ क्याम्पसको सातौ अधिबेशन वाट लेखनाथ दाहाल सभापति चुनिनुभएको छ । लेटाङ क्याम्पस दोस्रो वर्षमा अध्ययनरत दाहाल आज लेटाङमा भएको नेवि संघको भेलावाट सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।
समितिको उपसभापतिमा स्ववियु सदस्य समेत रहनुभएका ओमप्रकाश सहनी र भावना राई चयन हुनुभयो । समितिको सचिवमा सुस्मिता राई ,सहसचिवमा साहिल दाहाल र उत्तम तामाङ चयन हुनुभयो । कोषाध्यक्षमा प्रथम पौडेल चयन हुनुभयो । ३३ सदस्यिय उक्त समितिले लेटाङ क्याम्पसमा भएका समस्याहरुलाई प्रसासन समक्ष जोडदार रुपमा प्रस्तुत गर्ने नवनिर्वाचित सभापति दाहालले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाली कांग्रेस नगर सचिव सुदेश वस्तीको प्रमुख आतिथ्यता र नेवि संघका पुर्व क्षेत्रिय सभापति प्रशान्त निरौलाको विशिष्ठ आतिथ्यतामा भएको थियो ।

प्रकाशित मिति: २०२३-१२-०७ , समय : १७:४५:२८ , १ वर्ष अगाडि