बोराभित्र शव भेटिएकी २८ वर्षीय महिलाको हत्यामा श्रीमानको संलग्नता

ईनेपालपत्र समाचारदाता , २९८  पटक हेरिएको

विराटनगर-१९ घर भएका साहले आइतबार दिउँसो बाइकमा पत्नीलाई राखेर बुढीगंगा-२ पुर्‍याएर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
२९ वर्षका उनका पति रमेशले नरसिंह चौधरीको घरमा घाँटी थिचेर हत्या गरेको र सहयोगीहरूको साथ लिएर शव बोरामा हालेको पाइएको प्रहरी भनाइ छ ।
प्रहरीले रमेश, उनलाई सहयोग गरेको आरोप लागेका मोरङ कटहरी-५ का ६२ वर्षका रमानन्द राम, घरधनी चौधरीसहित चार जनालाई पक्राउ गरेको छ ।
मृतकको पारिवारिक अवस्था, हत्याको कारणबारे सोधपुछ चलिरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०२-२१ , समय : ०९:३५:२३ , २ वर्ष अगाडि