सर्पको टोकाई एक युवाको मृत्यु

इनेपालपत्र , ५७५  पटक हेरिएको

लेटाङ,  २८ कार्तिक  । लेटाङ नगरपालिका वडा न. ९ जाँतेमा सर्पको टोकाइबाट एक युवाको मृत्यु भएको छ ।
२७ गते आइतबार बेलुकाको समयमा वर्ष २७ का गणेश गजमेरलाई बिषालु सर्पले टोक्दा मृत्यु भएको हो ।

मृतक गजमेरले स्थानिय मेडिकलमा सास फेर्न गाह्रो भयो भनेर पुग्दा मात्रै सर्पले टोकेको पत्ता भएको थियो ।

उनको उपचारको लागि दमक सर्पदंस उपचार केन्द्रमा उपचार गर्न लादा बाटोमा मृत्यु स्थानियले सर्पदंश केन्द्र दमक पुर्‍याउदा डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतक गजमेरको आज सोमवार स्थानिय खोलामा जातिय परम्परा अनुसार अन्तीम संस्कार हुने स्थानिय संचारकर्मी डम्बर जाँतेलीले बताए ।
स्मरण रहोस सर्पदंस उपचार केन्द्र लेटाङमा रहेको नेपाली सेनाको क्याम्पमा उपलब्ध छ ।

प्रकाशित मिति: २०२२-११-१४ , समय : ०९:४०:५८ , ३ वर्ष अगाडि