ईनेपालपत्र , ३३८ पटक हेरिएको
झापा, २३ भदौ । झापाको भद्रपुर नगरपालिका-७ का राजेन्द्र गिरीको घरमा चोरी गर्ने २ जन पक्राउ परेका छन ।
भदौ १ गते दिउँसो गिरीको घरमा चोरी गरेर फरार रहेका उनिहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-१० का २२ बर्षीय रितिक कुमार शर्मा र भद्रपुर नगरपालिका-७ का रोशन राजवंशी रहेका छन् ।
उनिहरुलाई चोरी भएका मोवाईल र सुनका बिभिन्न गहना सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०९-०८ , समय : १३:०५:०७ , ३ वर्ष अगाडि