एनआईसी एसिया द्वारा बिध्यालयलाई सहयोग

प्रशान्त निराैला , ४८१  पटक हेरिएको

लेटाङ , १ भदौ । एनआईसी एसिया बैकले लेटाङ ५ मा रहेको शिक्षा बिकास माबिलाई १ थान टेबल १ थान दराज प्रदान गरेको छ । आज बिध्यालयमा पुगेर एनआईसी एसिया बैकका उपप्रादेशिक कार्यालय दमकका प्रमुख डेन राज सुब्बाले हस्तान्तरण गर्नुभयो ।

सामाजिक उत्तरदायित्व सहितको सेवा दिने उदेश्यले बिध्यालयलाई उक्त सामाग्री सहयोग गरिएको बैँकका लेटाङ शाखा प्रमुख बिक्रम लिम्बुले जानकारी दिनुभयो ।

आगामी दिनमा समेत यस्ता प्रकारका कार्यक्रम गरिने लिम्बुले जानकारी दिनुभयो । बैँकले केही बर्ष अघि बाट लेटाङमा शाखा बिस्तार गरि बैँकिङ सेवा दिईरहेको छ ।

प्रकाशित मिति: २०२२-०८-१७ , समय : २१:४५:३२ , ३ वर्ष अगाडि