हाम्रो समाचारदाता , ४२१ पटक हेरिएको
उदयपुर, १८ साउन। उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका–६ रिस्कुमा करेन्ट लागेर १९ वर्षीय विपिन विकको ज्यान गएको हो ।
सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ रिस्कुस्थित साथी राज मगरको घरमा गएका १९ वर्षीय विपिन विकको करेन्ट लागेर ज्यान गएको हो ।
मंगलबार दिउँसो १ बजे मल्टिप्लकमा मोबाइलको चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका विकलाई उपचारको लागि कटारी अस्पताल लगेकोमा उनको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएका छन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रकाशित मिति: २०२२-०८-०३ , समय : ०८:१७:४७ , ३ वर्ष अगाडि