घाँटीबाट सिक्री थुती भाग्ने पक्राउ

ईनेपालपत्र समाचारदाता , ४७०  पटक हेरिएको

झापा, २५ असार । झापाको मेचिनगर नगरपालिका १० धुलाबारी बजारमा घाटीमा लगाएको सुनको सिक्री थुती भाग्ने एक जनालाई प्रहरीले तुरुन्त पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर नगरपालिका ९ बस्ने २० बर्षीय निरज राय रहेका छन् ।

रायले हिजो बेलुका साढे ६ बजे बजारमा किनमेल गरिरहेकी धुलाबारी नगरपालिका ९ बस्ने ५० बर्षीया गिता अधिकारीले घाटीमा लगाएको डेढ तोलाको सुनको सिक्री थुतेर भागेका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले तत्कालै सिक्री सहित रायलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: २०२२-०७-०९ , समय : १०:२३:१५ , ४ वर्ष अगाडि