प्रशान्त निराैला , २६९ पटक हेरिएको
बृक्षारोपण गर्ने तयारीमा लाईन्स पदाधिकारी
लेटाङ १७ असार । लेटाङ लायन्स क्लबको आयोजनामा शुक्रबार लेटाङ ५ स्थित जनसेवा युवा क्लब खेल मैदान परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।
सब डिभिजन कार्यालय लेटाङले बिरुवा दिएको र प्राविधिक सहयोग त्रिवेणी सामुदायिक वन, लेटाङ ५,६ ले गरेको लाईन्स क्लब लेटाङका अध्यक्ष दुर्गा घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा लायन्स, लियो तथा जनसेवा युवा क्लबबाट सहभागीहरु उपस्थित भएका थिए ।
प्रकाशित मिति: २०२२-०७-०१ , समय : २१:१४:२७ , २ वर्ष अगाडि