प्रशान्त निराैला , ५२८ पटक हेरिएको
निर्माणका क्रममा प्रयोग भएका इटा
लेटाङ ७ असार । दस सैयाको नगर अस्पताल निर्माण गर्ने क्रममा निर्माण गरिएको भवनको वालमा दुई नंम्बरी ईटा प्रयोग गरिएको पाईएको छ । लेटाङ नगरपालिका वडा ५ मा निर्मित अस्पतालको वालमा दुई नंम्बरी ईटा प्रयोग गरेको पाईएपछि स्थानियले नगरपालिकामा उजुरी समेत गरेका छन । स्थानियले निर्माण कम्पनिलाई करबाहिको माग समेत गरेका छन ।
स्थानियले लेटाङ नगरपालिकामा मौखिक उजुरी गरेपछी नगरपालिकाले अनुगमन समेत गरेको तर निर्माण कार्य नरोकिएको एक स्थानीयले बताए । सरकारले निर्माणाधिन गर्ने भौतिक संरचनामा दुई नंबरी ईटा प्रयोग गर्न पाईन्दैन । स्थानियले उजुरी गर्दा समेत धमाधम २ नंबरी ईटा प्रयोग गरिनुले लेटाङका जनप्रतिनिधिहरु समेतको मिलेमतो रहेको आशंका गरिएको छ। तत्काल उक्त काम गुणस्तरी ईटा प्रयोग नगरे भवन निर्माणमा बाधा गरिने स्थानिय एक युवाले बताए ।
प्रकाशित मिति: २०२२-०६-२१ , समय : १९:४६:४० , ४ वर्ष अगाडि