सुनकोशी नदीमा हामफालेर महिला बेपत्ता

Enepal Patra Pvt. Ltd. , ८७२  पटक हेरिएको

उदयपुर, ०२ पौष । उदयपुरको लिम्चुङबुङ गाउँपालिका २ ज्यामिरे कि ४० बर्षीय कुम्भ कुमारी कार्की सुनकोशी नदिमा हामफालेर बेपत्ता भएकी छन् । मंगलवार बिहान ११ बजे कार्की सुनकोशीमा हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयवासी समेतको सहयोगमा नदिमा हाम फालेकी सार्कीको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी सोलुखुम्बुको सोताङ गाउँपालिका ४ कि १३ बर्षीया बालिका निर्मला भुजेल रोक खोलाले बगाउँदा बेपत्ता भएकी छन् । मंगलवार बिहान १० बजे आफ्नै भाउजुलाई उपचार गराउन लैजादा खोला तर्ने क्रममा खोलाले बगाउँदा उनी बेपत्ता भएकी हुन् । बेपत्ता भएकी बालिकाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति: २०१९-१२-१८ , समय : १५:१३:०० , ४ वर्ष अगाडि