स्थानिय द्वारा खोला उत्खननमा अबरोध

enepalpatra , ७६८  पटक हेरिएको

मापदण्ड बिपरित उत्खनन् गरिदै

केराबारी २७ जेठ । मोरङको केराबारी गाउँपालिकाको खदम खोलामा मापदण्ड बिपरीत बनक्षेत्रमा खोला उत्खनन भएको भन्दै स्थानीय बासीले खोला उत्खनन कार्य बन्द गर्न माग गर्दै विहिबार देखि उत्खनन कार्यमा अबरोध गरेका  छन ।

केराबारी ८ को आँमजुगीदेखि दक्षिण पटि रहेको वडा नं। ७ र ८ को विचबाट बग्ने खदम खोलाले वर्षेनी वनक्षेत्र कटान गर्दा भुक्षय बढेको र दक्षिण क्षेत्रमा खोला गहिरो हुने गरी उत्खनन गर्दा शिरानका पैनीहरुमा पानी चढाउँन समस्या भएको भन्दै स्थानीय वासीले उत्खनन रोकेका हुन् । वडा न। ७ का वडाध्यक्ष खगेन्द्र निरौला सहित जनप्रतिनीधिहरु संग पुगेको वनसमितिका पदाधिकारी स्थानीय वासीले स्थखनन स्थलमा गई विरोध गरेका थिए ।

आमजुँगी वस्तीदेखि पश्चिम दक्षिणी क्षेत्रमा पर्ने दिपज्योती र आमजँुगी सामुदायिक वनको आधार इलाका भित्र खोला ठेक्का दिएर उत्खनन गर्ने पालिकाको निर्णय अवैज्ञानिक अदुरदर्शि रहेको ठहर गर्दै यस्ता कार्य बन्द गर्न उत्खनन रोकेका हौ, दिपज्योती सामुदायिक वन समितिका अध्यक्ष समेत रहेका लालबहादुर बस्नेतले भने बनक्षेत्र जोगाउँन उपभोक्ताहरु लाग्ने तर पालिकाले वन समिति सरोकारवाला निकायसंग समन्वय र सल्लाह नगरी उत्खननका लागि ठेक्का लगाउँने निर्णयले स्थानीयमा समेत द्धन्द सृजना गराएको बताए ।

प्रकाशित मिति: २०२२-०६-१० , समय : ०७:१७:५० , ४ वर्ष अगाडि