एमालेका कार्यकर्ताद्वारा कांग्रेस सचिबलाई आक्रमण

enepalpatra , ३११८  पटक हेरिएको

लेटाङ , २९ बैशाख । निर्वाचनको संघारमै आईपुग्दा नेपाली कांग्रेसका लेटाङ वडानं. ३ का सचिब आशिष् ढकाल एमालेका कार्यकर्ता बाट कुटिएका छन । बेलुका घर अगाडि बसिरहेको अवस्थामा स्थानिय एमाले कार्यकर्ता एमबी लिम्बुले एक्कासी आक्रमण गरेको बताईएको छ ।
राजनितिक प्रतिशोधका आधारमा ढकाललाई आक्रमण गरिएको भन्दै नेपाली कांग्रेस लेटाङले घट्नाको निन्दा गरेको छ । ।ढकालको स्थानिय एडभान्स अस्पतालमा उपचार गरिएको छ । ढकालको हात तथा शरिरका अन्य भागमा चोटपटक लागेको छ ।
यता आक्रमण गर्ने लिम्बुलाइ प्रहरीले खोजिरहेको बताईएको छ् ।

प्रकाशित मिति: २०२२-०५-१२ , समय : १२:००:४३ , २ वर्ष अगाडि