कानेपाेखरीमा गठबन्धन भएको छैन् – कांग्रेस

ईनेपालपत्र , ६१३  पटक हेरिएको

कांग्रेस एजेन्डा प्रस्तुत गर्दै अध्यक्ष का उमेदवार सञ्जय भट्टराई

कानेपाेखरी ,२७ बैशाख ।माेरङकाे कानेपाेखरी गाउँपालिकामा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरेको गाउँ सभापति याेगेन्द्रप्रसाद दाहालले बताउनु भएको छ ।
केही दिनयता कांग्रेस बिराेधी दलले कांग्रेस र माओवादी बीच गठबन्धन भएको भन्दै हल्ला चलाएको प्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । गाउँ सभापति दाहालले हालसम्म कुनै दलसँग चुनाबी गठबन्धनका विषयमा छलफल नभएको बताउँदै गठबन्धन गर्ने कुनै तयारी नभएको उल्लेख गर्नुभयो । दाहालले निर्धक भएर आठ रुखमा सात छाप लगाउन कांग्रेसका नेता,कार्यकर्ता ,मतदाता र आम गाउँवासीसँग आग्रह गर्नुभयो ।

प्रकाशित मिति: २०२२-०५-१० , समय : १४:२१:०३ , २ वर्ष अगाडि