लेटाङ नगरपालिका फाइनलमा

Enepal Patra Pvt. Ltd. , ७७५  पटक हेरिएको

लेटाङ , १८ चैत । इटहरी उपमहानगरपालिकालाई ४-२ ले हराउँदै लेटाङ नगरपालिका कानेपोखरीमा जारी अन्तरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार हुने फाइनलमा लेटाङले उपाधिका लागि बेलबारीसँग प्रतिस्पर्धा गर्नेछ ।

कानेपोखरी ५ स्थित जदाहा रंगशालामा शुक्रबारको दोस्रो सेमिफाइनलमा लेटाङले पहिलो हाफमा २-० को अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा लेटाङका आयुस लिम्बूले गोलको खाता खोलेका थिए । खेलको ३३औं मिनेटमा ध्रुव विकले गोल गर्दै लेटाङको अग्रता दोब्बर बनाएका थिए ।

दोस्रो हाफको ७ औं मिनेटमा लेटाङका आयुसले व्यक्तिगत दोस्रो गोल गरेपछि लेटाङ ३-० ले अघि बढेको थियो । लगत्तै ९ औं मिनेटमा इटहरीका सुसन तामाङले गोल गर्दै खेल ३-१ को स्थितिमा पुगेको थियो । तर लेटाङका अनुप मगरले २५ औं मिनेटमा गोल गर्दै खेललाई ४-१ को स्थितिमा पुर्‍याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा इटहरीका सुसनले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४-२ मा सम्पन्न भएको हो ।

आजको खेलमा दुई गोल गरि लेटाङलाई फाइनलमा पुर्‍याउने आयुस लिम्बू म्यान अफ द म्याच घोषित भए । आइतबार हुने फाइनल विजेताले रु १ लाख र उपविजेताले रु ६० हजार प्राप्त गर्नेछ ।

त्यस्तै विधागत उत्कृष्टले समेत अवार्ड प्राप्त गर्नेछन् । प्रतियोगिता कानेपोखरी खेलकुद परिषदको आयोजना, कानेपोखरी गाउँपालिककाको सहयोग तथा नवप्रगतिशील समाजसेवा क्लब र जहदा भेट्रान्सको व्यवस्थापनमा भइरहेको हो ।

प्रकाशित मिति: २०२२-०४-०१ , समय : २०:४०:३८ , ४ वर्ष अगाडि