ईनेपालपत्र संबाददाता , ४ पटक हेरिएको
काठमाडौं, २६ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २६ गते दिउँसो १२:३० बजेदेखि ललितपुरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा मतगणना सुरु हुनेछ।
आज सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) पदको मतगणना हुनेछ। त्यसैगरी, सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य महिला, खुला तथा ३५ वर्षमुनिका युवा महिला र खुला पदको मतगणना पनि सुरु हुने समितिले जनाएको छ।
यी पदको मतगणना असोज २३ गते राति ९ बजेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियाअन्तर्गत हुन लागेको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले सूचनामार्फत सम्बन्धित सबै उम्मेदवारलाई मतगणना सुरु हुने समय र स्थानबारे जानकारी गराएका छन्।
प्रकाशित मिति: २०२६-१०-१२ , समय : १७:५७:२८ , ५५ मिनेटutes अगाडि