सुयर्माराज राई प्रमुख सचेतकमा नियुक्त

Enepal Patra Pvt. Ltd. , ८२६  पटक हेरिएको

बिराटनगर १० चैत । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा सूयर्माराज राई नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले उनलाई दलको विधान अनुसार प्रमुख सचेतक नियुक्त गरिएको बताए। राई यसअघि दलका सचेतक थिए।

तत्कालीन प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारमा आन्तरिक मामिला मन्त्री बनेपछि कांग्रेस प्रमुख सचेतक पद रिक्त थियो।

प्रकाशित मिति: २०२२-०३-२४ , समय : १८:०२:४७ , ५ वर्ष अगाडि