ईनेपालपत्र संबाददाता , ३ पटक हेरिएको
काठमाडौं, २६ असोज । गृहमन्त्री सुधन गुरुङ पहिलो विदेश भ्रमणअन्तर्गत सोमबार भारत प्रस्थान गरेका छन् ।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन उनी भारत प्रस्थान गरेका हुन् ।
भारतको नयाँ दिल्लीमा हुन लागेको छलफलमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका, थाइल्यान्डका गृहमन्त्रीहरूको उपस्थिति रहनेछ ।
गृहमन्त्री गुरुङले आफ्नो पहिलो विदेश भ्रमण पनि भारतबाटै गरेका छन् । आगामी मंसिर ७ र ८ गते प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत जाने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति: २०२६-१०-१२ , समय : १७:५७:०२ , ५६ मिनेटutes अगाडि