Enepal Patra Pvt. Ltd. , ४५० पटक हेरिएको
धनुषा, ९ चैत । धनुषामा ट्रकको चक्काले किच्दा एक जना बालिकाको मृत्यु भएको छ।
मिथिला नगरपालिका – ३ हरियरपुर बस्ने दुई वर्षीया स्नेहा थापा मगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार मंगलबार ना ४ ख २३८९ नम्बरको ट्रकको चक्काले किच्दा मगरको घटनास्थलमै मृत्यु भएको हो।
चालक निर बहादुरले आफ्नै घर अगाडि ट्रक पार्किङ गरिराखेको थिए। उक्त ट्रक घरबाट लिएर हाइवेतर्फ निस्किने क्रममा खेल्दै गरेकी मगर अचानक ट्रकको चक्कामा पर्न गएकी थिइन्। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय ढल्केबरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: २०२२-०३-२३ , समय : १५:२४:१२ , ४ वर्ष अगाडि