नेपाल निजामती कर्मचारी युनियनमा खनाल

Enepal Patra Pvt. Ltd. , २६२  पटक हेरिएको

लेटाङ, ११ पुष । नेपाल निजामती कर्मचारी युनियनको लेटाङ नगरपालिका अन्तर्गत स्थानिय कार्यसमिति गठन भएको छ । आज लेटाङ नगरपालिकामा कार्यरत कर्मचारीहरुको विचमा भएको भेलाले भुपेन्द्र खनाललाई अध्यक्षमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा दिनेश चौधरी, करण श्रेष्ठ, सचिव युवराज श्रेष्ठ, कोषाध्यक्ष अर्जुन पौडेल, सदस्यहरु , हेमचन्द्र निरौला, शर्मिला भट्टराई, महेन्द्र शाही, अर्जुन चौधरी लगायत १३ कार्यसमिती बनेको छ ।

कार्यक्रमका प्रमुख अतिथी लेटाङ नगरपालिकाका प्रमुख शंकर राई हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले कर्मचारीको हकहितका लागि बुलन्द आवज उठाउदै सेवाप्रवाहलाई चुस्त वताउन सहयोग गर्नेमा आफु विश्वस्त रहेको वताउनुभयो । उहाँले नयाँ कार्यसमितीलाई सफल कार्याकालको शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाल, उपसचिव कृष्णराज राई, वडा न ३ का वडाध्यक्ष देवराज चाम्लिङनेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य शुसिल बास्तोला, तोयानाथ तिम्सिना, सोम कोईराला , नेपाल निजामती कर्मचारी युनियनका मोरङ अध्यक्ष पर्शुराम मण्डल लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रम नेपाल निजामती कर्मचारी युनियनका मोरङका पुर्व अध्यक्ष संजय काफ्लेको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति: २०२१-१२-२७ , समय : ११:५४:१४ , २ वर्ष अगाडि